News Portal

  • रियल मीले मुरारका ग्रुपसँग मिलेर नेपालमा नार्जो सेरिज ल्याउने

    आर्थीकसंसार संवाददाता१७ मंसिर, २०७८
    १३८१ पटक
    १७ मंसिर, २०७८

    काठमाडौं । संसारमै सबैभन्दा चाँडो दस करोड फोन बिक्री गर्न सफल र नेपालमा सबैभन्दा छिटो वृद्धि भइरहेको स्मार्टफोन ब्रान्ड रियलमीले मुरारका ब्रान्डसँग मिलेर नेपालमा नार्जो सेरिज ल्याएको छ । रियलमीले स्ट्राटेजिक पार्ट्नर मुरारका ग्रुपसँग मिलेर नार्जोको लेटेस्ट लाइन–अप नार्जो फिफ्टी सेरिजः NARZO 50I र NARZO 50A ल्याउने भएको हो । कुनै पनि फिचरहरुमा सम्झौता नगरी आफ्नो बजेटमा सबैभन्दा उत्कृष्ट गेमिङ पर्फर्मेन्स भएको फोन किन्न चाहने युवा पुस्ताको लागि यी फोनहरु निर्विकल्प छनोट हुन् ।
    लन्चको अवसरमा बोल्दै मुरारका ल्याउने ग्रुपका डिरेक्टर शिरिष मुरारकाले भन्नुभयो, “संसारकै सबैभन्दा चाँडो वृद्धि भइरहेको स्मार्टफोन ब्रान्डसँग पार्टनरसिप गर्न पाउँदा हामी गौरवान्वित भएका छौं । यो सँगै हाम्रो मुख्य उद्देश्य भनेको हाम्रो उपभोक्ताहरुलाई बेस्ट इन क्लास उत्पादनहरु दिने हो र यही सिलसिलामा हामीले हाम्रो पहिलो लन्चको रुपमा रियलमीको नार्जो सेरिज NARZO 50A र NARZO 50I ल्याएका छौं जुन हाम्रो उपभोक्ताको लागि सबैभन्दा राम्रो गेमिङ प्रोसेसर भएका अत्याधुनिक प्रविधियुक्त फोनहरु हुन् । यी दुइ फोनहरुको आगमनसँगै रियलमीले नेपाली युवाको गेमिङ अनुभवलाई अझ निखार्दै थप नेपाली प्रयोगकर्ताहरुको मन जित्ने लक्ष्य लिएको छ ।
    RealMe NARZO 50A
    MediaTek Helio G85 चिपसेट र २.० गिगाहर्जको शक्तिशाली अक्टा–कोर प्रोसेसर भएको यो पर्फर्मेन्स टाइटन गेमिङ सेग्मेन्टमै एक उत्कृष्ट फोन हो, जसमा पर्याप्त पावर हुने हुँदा प्रयोगकर्ताले आरामले गेम खेल्न सक्नेछन् । यो सेग्मेन्टमै सबैभन्दा शक्तिशाली ५० एमपी ट्रिपल एआई क्यामरा भएकाले गर्दा यसलाई यसको प्रतिस्पर्धीहरु भन्दा एक कदम अगाडि बनाएको छ । यसमा भएको प्राइमरी क्यामराले लार्ज एरियामा भएको अब्जेक्टहरुलाई पनि प्रशस्त प्रकाश प्रदान गरी उज्यालो र चहकिलो तस्बिरहरु लिन्छ । साथै यसको म्याक्रो लेन्समा भएको सुपर क्लोज फोकस डिस्ट्यान्सले प्रयोगकर्ताहरुलाई क्लोज डिटेलको साथ म्याक्रो फोटोग्राफि गर्न सजिलो बनाउँछ । यस श्याम–श्वेत लेन्स पनि छ जसले पोर्ट्रेट फोटोहरुमा विशेष आर्टिस्टिक इफेक्ट दिन्छन् ।
    साथै यसको अगाडिपट्टि रहेको AI ब्युटी, पोट्र्रेट मोड र अन्य फिचर्सयुक्त हाइ डेफिनिसन ८ एमपी क्यामराले उत्कृष्ट फोटोहरु खिच्न सक्छ । यसमा भएको ६००० एमएएचको ब्याट्रीले प्रयोगकर्तालाई स्ट्यान्ड–बाइ मोडमा ५३ दिनसम्म नन–स्टप चलाउने सुविधा दिन्छ । साथै यसमा स्पेसल OTG रिभर्स चार्ज र 18W  फास्ट चार्ज पनि रहेको छ । १६.५ सेन्टीमिटर (६.५“) को मिनी ड्रप डिस्प्ले भएको RealMe NARZO 50A मा अडियो र भिडियोको आनन्द लिँदै मजाले गेम खेल्न सकिन्छ ।
    सर्वाधिक रुचाइएको ट्रेन्डी डायगोनल स्ट्राइप डिजाइन युक्त RealMe NARZO 50A मा इन्स्ट्यान्ट फिङर प्रिन्ट सेन्सर र फेसियल रेकग्निसन भएकोले गर्दा यसलाई सजिलै सिंगल क्लिक अथवा सिंगल ग्ल्यान्समा अनलक गर्न सकिन्छ । साथै यसमा ३ वटा कार्ड स्लट भएकोले २ वटा सिम कार्ड र एउटा मेमोरी कार्ड (१२८ GBको) राख्न सकिन्छ, जुन २५६ GB सम्म एक्स्पान्ड गर्न सकिन्छ । यो ४GB+६४GB र ४GB+१२८GB को स्टोरजमा अक्सिजन ग्रीन र अक्सिजन ब्लुमा उपलब्ध छ ।
    RealMe NARZO 50I
    यो सेगमेन्टको सबैभन्दा स्टेबल पर्फर्मर RealMe NARZO 50I मा शक्तिशाली Unisoc 9863 अक्टा–कोर प्रोसेसर र उत्तिकै शक्तिशाली ५०००MAH को ब्याट्रि रहेको छ जुन स्ट्यान्डबाइ मोडमा ४३ दिनसम्म टिक्छ । साथै यसमा भएको सुपर पावर सेभिङ मोडले गर्दा ब्याट्रिको खपत अप्टिमाइज हुन्छ र यसले रिभर्स चार्जिङ पनि सपोर्ट गर्ने हुँदा मोबाइल फोन र अन्य AIoT उत्पादनहरु जस्तै TWS हेडफोन, स्मार्टवाच, र स्मार्ट–ब्यान्ड पनि चार्ज गर्न मिल्छ ।
    यसको १६.५ सेन्टिमिटर (६.५“) को ठूलो डिस्प्ले र ८९.५ % स्क्रिन–टु–बडी रेसियोले गर्दा यसमा भिडियो हेर्न खास मजा आउँछ । RealMe 50 I mm को ८.९mm को सुपर स्लिम ट्रेन्डसेटिङ् डायगोनल स्ट्राइप डिजाइनले अरुको भन्दा आकर्षक र लेटेस्ट फोन चलाउन चाहने युवा पुस्ताको सजिलै मन जित्नेछ ।
    यसमा भएको ८ एमपीको AI क्यामरा र f२.० को लार्ज अपर्चरले पर्याप्त लाइट (प्रकाश) लिएर ३२६४ं८२४४८ सम्मको हाइ रेजोलुसन तस्बिर खिच्नुकोको साथै १०८०P को फुल एच् डि भिडियो पनि रेकर्ड गर्न सक्छ । यो ट्याब्लेटमा पनि ३ वटा कार्ड स्लट भएकोले गर्दा यसमा २ वटा नानो सिम कार्ड र एउटाMicro USD पनि राख्न मिल्छ । र यसले २५६GB सम्मको मेमोरी एक्स्पान्सन सपोर्ट गर्छ । यो मिन्ट ग्रीन र कार्बन ब्ल्याकमा २GB+३२GB र ४GB+६४GB को स्टोरजमा उपलब्ध छ ।
    realme narzo 50i र realme narzo 50A को मूल्य र अन्य विवरणहरु

    प्रतिकृया दिनुहोस्