News Portal

  • नेपाल बङ्गलादेश बैंकले आइपीएसमा खाता लिंक गरी भेरीफाई गरिने

    आर्थिकसंसार संवाददाता११ भदौ, २०७७
    ६८४ पटक
    ११ भदौ, २०७७

    काठमाडौं । नेपाल बङ्गलादेश बैंकले कनेक्ट आइपीएसमा खाता लिंक गरी भेरीफाई गराउने सम्पूर्ण प्रक्रियालाई स्वचालित गरी अनलाईनबाटै गर्न सकिने व्यवस्थाको थालनी गरेको छ ।
    यस व्यवस्थासँगै बैंकका ग्राहकहरुले अनलाईनबाटै कनेक्ट आइपीएसमा आफ्नो खाता भेरीफाई गराउन सक्नेछन् भने बैंकको शाखा नै पुगेर फारम बुझाई भेरीफाई गराउने बाध्यताको पनि अन्त्य भएको छ ।
    बैंकका ग्राहकले कनेक्ट आइपीएसमा लिंक अकाउन्टभित्र आफ्नो खाता लिंक गरिसकेपछि सेल्फ भेरीफाई अकाउन्टमा क्लिक गरी खातालाई भेरीफाई गराउन सक्दछन् । यस प्रक्रियामा ग्राहकको विवरण वान टाइम पासवड वोटिपी र माइक्रो डिपोजिट्सको आधारमा सुरक्षित रुपमा अनलाईन भरिफिकेसन हुने व्यवस्था रहेको छ ।
    नेपाल बङ्गलादेश बैंकबाट सुरुवात गरिएको यस व्यवस्थालाई अन्य सदस्य बैंक वित्तिय संस्थाहरुमा पनि चाँडै नै सुरुवात गर्न आवश्यक तयारी भइरहेको बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्