News Portal

  • थप ४ ठाउँमा ‘युवासँग महालक्ष्मी लाईफ’ कार्यक्रम सम्पन्न

    आर्थीकसंसार संवाददाता१६ मंसिर, २०७८
    २२३६ पटक
    १६ मंसिर, २०७८

    काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले राष्ट्रिय बीमा जागरण अभियानअन्तर्गत बर्दिबास, जनकपुर, लाहान र गाईघाटमा ‘युवासँग महालक्ष्मी लाईफ’ कार्यक्रम सम्पन्न गरेको छ ।
    उक्त अभियानअन्तर्गत मंसिर १३ गते बर्दिवासको नव छितिज कलेजमा सुरेन्द्रकुमार चौधरीको अध्यक्षतामा सञ्चालित कार्यक्रममा ७० जना युवा विद्यार्थीहरुको उपस्थिति रहेको थियो । कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठले प्रशिक्षण दिएका थिए ।
    सोही दिन दिउँसो जनकपुरको मोडेल मल्टिपल कलेजमा सञ्चालित बीमा जागरण कार्यक्रममा नायव प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठले विद्यार्थीहरुलाई बीमासम्बन्धी प्रशिक्षण दिएका थिए । कार्यक्रममा १३० विद्यार्थीको सहभागिता रहेको थियो ।
    त्यसैगरी मंसिर १४ गते जेएस मुरारका बहुमुखी क्याम्पस लाहानमा क्याम्पस प्रमुख तुलसीराम पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा १३० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठ र बरिष्ठ सहायक महाप्रबन्धक प्रशान्तराज धमलाले बीमासम्बन्धी प्रशिक्षण दिएका थिए ।
    यस्तै मंसिर १५ गते त्रियुगा जनता बहुमुखी क्याम्पस गाईघाटमा पनि सहायक क्याम्पस प्रमुख सुभाष पाण्डेको अध्यक्षतामा सञ्चालित प्रशिक्षण कार्यक्रममा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठ र बरिष्ठ सहायक महाप्रबन्धक प्रशन्तराज धमलाले प्रशिक्षण दिएका थिए । कार्यक्रममा ५० जना विद्यार्थीको सहभागिता रहेको थियो ।

    प्रतिकृया दिनुहोस्