News Portal

  • एनसीसी बैंकद्वारा लाभांश घोषणा

    आर्थीकसंसार संवाददाता१५ मंसिर, २०७८
    १२४४ पटक
    १५ मंसिर, २०७८

    काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकले गत आवको नाफाबाट सेयरधनीलाई ८.४२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
    मंसिर १४ गते बसेको बैंक सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको ८ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
    प्रस्तावित लाभांशलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ ।
    हाल बैंकको चुक्ता पुँजी १० अर्ब ३१ करोड रुपैयाँ छ । ८ प्रतिशत बोनस सेयरपश्चात बैंकको चुक्ता पुँजी ११ अर्ब नाघ्ने छ ।
    प्रस्तावित ८.४२ प्रतिशत लाभांश अघिल्लो वर्षको तुलनामा कम हो । बैंकले अघिल्लो आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई १०.८१ प्रतिशत लाभांश वितरण गरेको थियो ।

    प्रतिकृया दिनुहोस्