News Portal

  • लक्ष्मी बैंकको क्युआरमार्फत भुक्तानी गर्नेलाई उपहार नै उपहार

    आर्थीकसंसार संवाददाता१५ मंसिर, २०७८
    ६४६ पटक
    १५ मंसिर, २०७८

    काठमाडौं । लक्ष्मी बैंकले आफ्नो वार्षिक योजना डिजिटल डिसेम्बरको तेस्रो संस्करण सुरु गरेको छ । यस योजनाअन्तर्गत बैंकले विभिन्न पुरस्कार र छुटहरुको माध्यमद्वारा ग्राहकहरुलाई डिजिटल बैकिङ्ग प्रविधिहरुको प्रयोग गर्न प्रोत्साहन गर्दछ ।
    बैंकको अनुसार डिसेम्बर भरी चल्ने यो एक महिने अभियानको उद्देश्य ग्राहकहरुलाई बैंकको डिजिटल बैंकिङ सेवाहरुमा दर्ता तथा सक्रिय गराई तिनको प्रयोग गर्न आकर्षित गर्नु हो ।
    डिजिटल डिसेम्बरको यस संस्करण क्युआर भुक्तानीको प्रवद्र्वन गर्नमा केन्द्रित छ र लक्की ड्रद्वारा आफ्ना ग्राहकहरुलाई क्युआर भुक्तानी गर्न र व्यवसायीहरुलाई क्युआरबाट लेनदेन गर्न प्रोत्साहन गर्दछ ।
    यस योजनाअन्तर्गत डिजिटल डिसेम्बरभरी हरेक हप्ता ३ भाग्यशाली क्युआर व्यवसायीहरुले ५,००० नगद पुरस्कार जित्न सक्नेछन् भने प्रत्येक दिन ५ जना भाग्यशाली क्युआर भुक्तानी गर्ने ग्राहकले ५०० रुपैयाँसम्मको ५० प्रतिशत क्यासब्याक जित्न सक्नेछन् ।
    साथै यस योजनाको अवधि भरी मोबाईल मनीका नयाँ प्रयोगकर्ताहरुले मोबाईल मनीमार्फत १००० भन्दा बढीको कुनै पनि कारोबार गर्ने ग्राहकहरुमध्ये ५०० जना ग्राहकहरुले डिसेम्बर महिनाको अन्त्यमा ५०० क्यासब्याक पाउन सक्नेछन् ।
    यसका साथसाथै डिजिटल कारोबारलाई थप प्रोत्साहन गर्न डिजिटल डिसेम्बर महिनाभरी मोबाईल मनी सब्सक्राइब गर्ने सबैले एक महिना सो सेवा निःशुल्क पाउन सक्नेछन् ।
    बैंकले यसअन्तर्गतका पुरस्कारका योजनाहरु यसै सातादेखि सार्वजनिक गर्दै जाने जनाएको छ ।

    प्रतिकृया दिनुहोस्