News Portal

  • नेकपा (एमाले)को अध्यक्षमा केपी शर्मा ओली विजयी

    आर्थीकसंसार संवाददाता१४ मंसिर, २०७८
    १००३ पटक
    १४ मंसिर, २०७८

    काठमाडौं । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनले अध्यक्षमा केपी शर्मा ओली विजयी भएको घोषणा निर्वाचन आयोगले गरेको छ । एमालेको दशौं राष्ट्रिय महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीसहित ३ सय १ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरेको छ । आज सम्पन्न महाधिवेशनले अध्यक्षसहित उपाध्यक्ष र सचिव तथा खुला केन्द्रीय सदस्यलगायत केही पदमा निर्वाचनबाट नेतृत्व चयन गरेको हो । कतिपय पद भने निर्विरोध भएको छ ।
    निर्वाचन आयोगका संयोजक विजय सुब्बाका अनुसार अध्यक्षमा ओलीले १ हजार ८ सय ३७ मत ल्याएर विजयी भएको घोषणा गरे । यस्तै भीम रावल २ सय २३ मत ल्याएर पराजित भएको जानकारी दिए ।
    यस्तै वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल निर्विरोध निर्वाचित हुनुका साथै उपमहासचिवमा पृथ्वी सुब्बा गुरुङ, प्रदीप ज्ञवाली र विष्णुप्रसाद रिमाल विजयी भएको पनि घोषणा निर्वाचन आयोगले गरेको जानकारी दिएकोछ ।
    एमालेको दशौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित यी हुन् पदाधिकारी र केन्द्रीय सदस्यहरूः

    यी हुन पदाधिकारी र केन्द्रीय सदस्य

    प्रतिकृया दिनुहोस्