आर्थीकसंसार संवाददाता१३ मंसिर, २०७८

काठमाडौं । ग्लोबल आईएमई बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकको १० प्रतिशत बोनसपछिको सेयर मूल्य समायोजन भएको हो ।
समायोजन भएसँगै बैंकको सेयर मूल्य प्रतिकित्ता ३३२ रुपैयाँ कायम भएको छ । यससँगै सोमबारको कारोबारमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ३३२ रुपैयाँबाटै सुरु हुने छ । यसअघि बैंकको अन्तिम कारोबार प्रतिकित्ता ३६५.२० रुपैयाँमा भएको थियो ।