काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदको लागि दरखास्त आह्वान गरिएको छ । कम्पनीले रिक्त रहेको सीईओ पदमा खुला प्रतिस्पर्धाका आधार पदपूर्ति गर्नका लागि मंसिर १२ गते दरखास्त आह्वान गरेको हो ।
उक्त पदको लागि योग्यता पुगेका इच्छुक नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिइसक्नु पर्ने छ । यससँगै उनीहरुले आगामी मंसिर २६ गतेभित्र कार्यालय समयमा काठमाडौंको रामशाहपथस्थित कम्पनीको प्रधान कार्यालयमा आवेदन दिनुपर्ने हुन्छ ।यो पदको लागि बीमा, व्यवस्थापनलगायत विभिन्न विषयमा कम्तीमा स्नातकोत्तर वा सो सरहको उपाधी हासिल गरी कम्पनीमा व्यवस्थापक तहमा बीमा क्षेत्रमा भएका कम्तीमा ५ वर्ष वा आर्थिक क्षेत्रमा भए ८ वर्ष तथा दुबै क्षेत्रमा भए बीमामा एक वर्षको अनुभव सहित कम्तीमा ७ वर्षको अनुभव हुनुपर्ने छ ।
त्यस्तै, चार्टर्ड एकाउन्टेन्सी, वा व्यवस्थापन, बीमा, अर्थशास्त्र, वाणिज्य शास्त्र, व्यापार प्रशासन वा कानुन विषयमा स्नातक उपात्रि हासिल गरी कम्पनीमा व्यवस्थापक तहमा बीमा क्षेत्रमा भए कम्पनीमा १२ वर्ष, बैंक वा वित्तीय क्षेत्रमा भए १५ वर्ष तथा दुबै क्षेत्रमा भए बीमामा एक वर्षको अनुभवसहित कम्तीमा १३ वर्षको अनुभव हुनुपर्ने छ । त्यसैगरी, आवेदकको उमेर दरखास्त दिने अन्तिम मितिमा ६५ वर्ष ननाघेका हुनुपर्ने छ ।
राष्ट्रिय बीमा कम्पनीद्वारा सीईओको माग
आर्थीकसंसार संवाददाता१२ मंसिर, २०७८
१२ मंसिर, २०७८- राष्ट्रिय वाणिज्य बैंकद्वारा बाढीपहिरो र डुबानबाट प्रभावित तथा पीडितको सहायताका लागि दुई करोड रुपैंया आर्थिक सहयोग प्रदान
- सानिमा रिलायन्सले कर्मचारीको ज्ञान र क्षमता विकास गर्न गर्यो प्रशिक्षण कार्यक्रम
- लाभांश वितरण गर्दै फरवार्ड माइक्रोफाइनान्स
- सन नेपाल लाइफ इन्स्योरेन्सको लगनखेल शाखा स्थानान्तरण
- ज्योति विकास बैंकका ग्राहकलाई चितवनको जंगल भिल्ला रिसोर्टमा छुट
- मजदुरबाट आफ्नै सफारीको मालिक बने १० परिवार
- बाढी-पहिरो पीडितलाई सहयोग गर्न एमाले सांसदहरूले आधा महिनाको पारिश्रमिक दिने
- आईसीएफसी फाइनान्सका ग्राहकलाई बुद्ध एयरमा आकर्षण छुट
- नख्खु बाढीमा पसी बगाएकालाई बचाउने तामाङलाई प्रभु महालक्ष्मी लाइफको सम्मान
- सिटिजन लाइफका कर्मचारीलाई व्यक्तित्व विकास तालिम