News Portal

  • नेपाल टेलिकमको शेयर मंसिर ८ गते कुन ब्रोकरबाट भयो आक्रामक खरिद बिक्री ?

    आर्थीकसंसार संवाददाता८ मंसिर, २०७८
    ९१८ पटक
    ८ मंसिर, २०७८

    काठमाडौं । नेपाल टेलिकमले आकर्षक प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा केही समययता कम्पनीको आकर्षक कारोबार हुँदै आएको छ ।
    आज मंसिर ८ गतेको कारोबार हेर्दा नेपाल टेलिकमको सर्वाधिक कारोबार भएको छ । नेपाल टेलिकमको शेयर ० दशमलव ५५ प्रतिशतले बृद्धि हुँदै बजार मूल्य १४६५ मा बन्द भएको छ । कम्पनीको २६ करोड १५ लाख रुपैयाँको कारोबार भएको हो ।
    आज कम्पनीको फ्लोरसिट हेर्दा नेपाल टेलिकमको ५८ नम्बर ब्रोकरबाट सर्वाधिक खरिद भएको छ भने सोही नम्बर ब्रोकरबाट सर्वाधिक बिक्री भएको छ ।
    ५८ नम्बर ब्रोकरबाट ७ करोड ४८ लाख बराबरको शेयर खरिद भएको छ भने ५८ नम्बर ब्रोकरबाटै ४ करोड ९४ लाख बराबरको शेयर बिक्री भएको छ । तर ५८ नम्बर ब्रोकरबाट २ करोड ९५ लाख बराबरको म्याचिङ्ग कारोबार भएको हो ।

    प्रतिकृया दिनुहोस्