News Portal

  • शिवम् सिमेन्टले २६० निर्माणकर्मीको पाँच लाखको दुर्घटना बीमा गरायो

    आर्थीकसंसार संवाददाता८ मंसिर, २०७८
    ९१८ पटक
    ८ मंसिर, २०७८

    काठमाडौं । शिवम् सिमेन्टले आबुखैरेनी, मुग्लिङ, गोरखा, डुम्रे र दमौलीका २६० निर्माणकर्मीहरुको बीमा गरिदिएको छ । सिमेन्टले एक अन्तक्रिया कार्यक्रम गरी बीमा गरेको जनाएको छ ।
    कार्यक्रममा भवन निर्माणसम्बन्धी प्राविधिक परामर्शसहित हरेक सहभागि निर्माणकर्मीहरुको लागि ५ लाख बराबरको दुर्घटना बीमा गरी बीमा पोलिसी सोही कार्यक्रममार्फत हस्तान्तरण गरिएको जनाएको छ ।
    निर्माणकर्मीहरुको जोखिमपूर्ण कामलाई मध्यनजर राख्दै शिवम् सिमेन्टले निर्माणकर्मीहरुको लागि निःशुल्क दुर्घटना बीमा योजना ल्याएको थियो । देशका विभिन्न स्थानमा सम्पन्न प्राविधिक अन्तरक्रिया कार्यक्रममा शिवम् सिमेन्टले सहभागी हरेक निर्माणकर्मीहरुको लागि ५ लाख बराबरको जोखिम बहन गर्ने गरी बीमा गरेको थियो ।
    पहिलो चरणअन्तर्गत काठमाडौं, मकवानपुर, पर्सा, रौतहट, जनकपुर, महोत्तरी जिल्लालगायतका विभिन्न १६ स्थानमा १ हजार भन्दा बढी निर्माणकर्मीहरुसँग प्राविधिक अन्तरक्रिया गरी उनीहरुको जोखिम बीमा गराई सकेको कम्पनीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्