News Portal

  • प्रिमियर इन्स्योरेन्सले बढायो लाभांशदर

    आर्थीकसंसार संवाददाता५ मंसिर, २०७८
    १०९५ पटक
    ५ मंसिर, २०७८

    काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७७÷७८ को नाफाबाट सेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
    संस्थाले बोनस र नगद लाभांश बराबर घोषणा गरेको छ । मंसिर ३ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ७.५ प्रतिशत बोनस र ७.५ प्रतिशत नगदर (करसहित) गरी कूल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
    प्रस्तावित लाभांश बीमा समितिबाट स्वीकृत तथा इन्स्योरेन्सको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ ।
    प्रस्तावित १५ प्रतिशत लाभांश अघिल्लो वर्षको भन्दा बढी हो । इन्स्योरेन्सले आर्थिक वर्ष २०७६÷७७ को नाफाबाट सेयरधनीलाई ११.०५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

    प्रतिकृया दिनुहोस्