News Portal

  • एशियन इन्स्योरेन्सको बीमा शुल्क ‘खल्ती’बाट भुक्तानी गर्न सकिने

    आर्थीकसंसार संवाददाता५ मंसिर, २०७८
    १२१६ पटक
    ५ मंसिर, २०७८

    काठमाडौं । एशियन इन्स्योरेन्स कम्पनीको नवीकरण बीमा शुल्क अब खल्तीबाट तिर्न सकिने भएको छ । कम्पनी र खल्तीबीच डिजिटल कारोबारलाई प्रोत्साहित गर्न तथा सबै प्रकारको भुक्तानी सहज गर्न सम्झौता भएसँगै यो सेवा सुरु भएको हो ।
    एशियन लाइफ इन्स्योरेन्स कम्पनीले बीमा ऐन २०४९ बमोजिम बीमा समिति (नेपाल बीमा नियामक प्राधिकरण)बाट २७ फेब्रुअरी, २०६४ (फाल्गुन १५, २०६४) मा आफ्नो सञ्चालन अनुमतिपत्र प्राप्त गरी ३ अप्रिल, २००८ (चैत्र २१, २०६४) मा काम गर्न थालेको हो । संस्थाले देशव्यापी रुपमा १४० शाखा सञ्जालमार्फत राष्ट्रको सेवा गरिरहेको छ ।
    एशियन लाइफ इन्स्योरेन्स कम्पनीको नविकरण बीमा शुल्क ‘खल्ती’बाट तिर्न सबैभन्दा पहिला खल्ती एप लग–इन गरी इन्स्योरेन्स आइकनमा ट्याप गरी एशियन लाइफ इन्स्योरेन्स सेलेक्ट गर्नुपर्दछ । त्यसपछि आफ्नो जन्म मिति र पोलिसी नम्बरी राखेर ‘प्रोसिड टु पे’ मा क्लिक गर्नेुपर्दछ ।
    ५००० माथिको नवीकरण बीमा शुल्क भुक्तानी गर्नुपरेमा ग्राहकले आफ्नो ‘खल्ती’ केवाईसी भने अनिवार्य रुपमा भेरीफाई गराएको हुनुपर्नेछ ।

    प्रतिकृया दिनुहोस्