News Portal

  • सानिमा बैंकको प्रायोरिटी काउन्टर कुमारीपाटीमा

    आर्थीकसंसार संवाददाता५ मंसिर, २०७८
    ८१८ पटक
    ५ मंसिर, २०७८

    काठमाडौं । सानिमा बैंक लिमिटेडले प्रधान कार्यालय नक्सालबाट आफ्ना विशिष्ट ग्राहकहरुलाई लक्षित गरी सञ्चालन गर्दै आएको प्रायोरिटी काउन्टर ललितपुरको कुमारीपाटीमा विस्तार गरेको छ ।
    बैंकले ललितपुरको कुमारीपाटीमा आईतबारदेखि सो काउन्टर विस्तार गरेको हो । बैंकले आफ्ना प्रायोरिटी ग्राहकहरुको सेवा र सुविधालाई ध्यानमा राख्दै अभैm गुणस्तरीय सेवा एकै स्थानबाट प्रदान गर्नको लागि विशिष्टकृत प्रायोरिटी काउन्टर थप गरिएको जनाएको छ ।
    सो प्रायोरिटी लाउन्जबाट विशिष्ट ग्राहकहरुलाई द्रुत सेवा प्रदान गर्न विशेष ग्राहक सेवा प्रतिनिधि नियुक्त गरिएको छ । कुमारीपाटीस्थित प्रायोरिटी काउन्टरको समुद्घाटन बैंकका प्रमुख निक्षेप अधिकृत, सरोज गुरागाईं र प्रायोरिटी ग्राहक, श्यामकाजी अवालेले संयुक्त रुपमा गरेका हुन् । सो समारोहमा श्यामकाजी अवालेले ललितपुर क्षेत्रमा प्रायोरिटी काउन्टर विस्तार गरिएकोमा बधाई तथा धन्यवाद ज्ञापन गरेका थिए ।
    सानिमा बैंकको देशका सातै प्रदेशमा ११७ कार्यालय र ९७ वटा एटीएम सञ्चालनमा रहेका छन् ।

    प्रतिकृया दिनुहोस्