News Portal

  • चन्द्रगढी र पोखरामा ‘युवासँग महालक्ष्मी लाईफ’ कार्यक्रम सम्पन्न

    आर्थीकसंसार संवाददाता२ मंसिर, २०७८
    ८३८ पटक
    २ मंसिर, २०७८

    काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले बीमा जागरण राष्ट्रिय अभियान अन्तर्गत सुरु गरेको ‘युवासँग महालक्ष्मी लाईफ’ कार्यक्रम चन्द्रगढी र पोखरामा सम्पन्न भएको छ ।
    चन्द्रगढीको विरेन्द्र नमुना क्याम्पस र पोखराको सरस्वती टीका माविमा कार्यक्रममा सम्पन्न भएको थियो । चन्द्रगढीको कार्यक्रममा ५० भन्दा बढी र पोखराको कार्यक्रममा १०० भन्दा बढी युवाहरु सहभागी थिए । कार्यक्रममा बीमाको महत्व तथा आवश्यकताबारे जानकारी दिइएको थियो ।
    पोखरामा भएको कार्यक्रममा पोखराका वडा नं ३३ का अध्यक्ष शिवप्रसाद आचार्यले बीमाले जीवन र परिवारको आर्थिक र पारिवारिक सुरक्षा प्रदान गर्ने हुँदा निश्चिन्त भएर बीमा कार्यमा लाग्न युवाहरुलाई आग्रह गरेका थिए ।

    प्रतिकृया दिनुहोस्