News Portal

  • आशा लघुवित्तको पाँचौं वार्षिक साधारणसभा सम्पन्न

    सञ्चालकमा ४ जना निर्बिरोध निर्वाचित

    आर्थीकसंसार संवाददाता३० कार्तिक, २०७८
    १२३४ पटक
    ३० कार्तिक, २०७८

    काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाको पाँचौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा नुवाकोटको ककनीमा सम्पन्न भएको हो । सभाले सञ्चालक समितिले प्रस्ताव गरेको आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १ दशमलव ३१ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश र चुक्ता पुँजी २६ करोड ७१ लख ३१ हजार २०० रुपैयाँको २५ प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
    सभाले आर्थिक वर्ष २०७७/७८ को वित्तीय विवरणहरु पनि पारित गरेको छ । साथै साधारणसभाबाट संथापक शेयरधनीको तर्फबाट सञ्चालकमा निर्गुणप्रसाद भट्टचन, प्रदिपकुमार खड्का, सुसन शेरचन र कविता पोख्रेल निर्बिरोध निर्वाचित भएका छन् ।
    साथै, सोही दिन बसेको कम्पनीको सञ्चालक समितिको बैठकले निर्गुणप्रसाद भट्टचनलाई सञ्चालक समितिको अध्यक्ष चयन गरेको कम्पनीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्