काठमाडौं । काठमाडौंको चन्द्रागिरी हिल्समा अवस्थित चन्द्रागिरी हिल्स रिसोर्टलाई यस वर्षको नेपालकै उत्कृष्ट लक्जरी रिसोर्ट पुरस्कार ‘अन्तर्राष्ट्रिय हस्पिटालिटी एण्ड ट्राभल अवार्ड–२०२१’ प्रदान गरिएको छ ।
भारतको नयाँ दिल्लीमा शुक्रबार साँझ आयोजित कार्यक्रमका प्रमुख अतिथि नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्री माननीय प्रेमबहादुर आले र भारतका पूर्वमन्त्री एवम् राज्यसभाका सांसद विजय गोयलले उक्त पुरस्कार प्रदान गर्नुभएको हो ।
ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरी डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क, सेमिनार हल तथा लक्जरी रिसोर्टलगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरी डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको चन्द्रागिरी हिल्स लिमिटेडद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
चन्द्रागिरी हिल्सलाई नेपालकै बेष्ट लक्जरी रिर्सोटको अवार्ड
आर्थीकसंसार संवाददाता२७ कार्तिक, २०७८
२७ कार्तिक, २०७८- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन