News Portal

  • लक्ष्मी बैंकद्वारा लाभांश घोषणा

    आर्थीकसंसार संवाददाता२५ कार्तिक, २०७८
    ८०५ पटक
    २५ कार्तिक, २०७८

    काठमाडौं । लक्ष्मी बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ११.५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
    कार्तिक २५ गते बिहान बसेको बैंक सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ८ प्रतिशत बोनस र ३.५ प्रतिशत नगद (कर समेत) गरी सो मात्राको लाभांश प्रस्ताव गरेको हो । प्रस्तावित लाभांशलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ ।
    बैंकले अघिल्लो वर्ष पनि ११.५ प्रतिशत बोनस सेयर नै वितरण गरेको थियो । तर गत वर्षको तुलनामा बैंकले बोनसदर घटाएको छ भने नगद लाभांशदर भने बढाएको छ । बैंकले आर्थिक वर्ष २०७६/७७ मा सेयरधनीलाई ९ प्रतिशत बोनस र २.५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

    प्रतिकृया दिनुहोस्