News Portal

  • गुराँस लघुवित्तको छैठौं वार्षिक साधारण सभा सम्पन्न

    आर्थीकसंसार संवाददाता२३ कार्तिक, २०७८
    ९६५ पटक
    २३ कार्तिक, २०७८

    काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लि.को छैठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
    न्यु अञ्जुली होटल धनकुटामा संस्थाका अध्यक्ष उदयनारायण बरालको अध्यक्षतामा सम्पन्न उक्त साधारणसभाले आर्थिक वर्ष ७७.७८ सम्मको मुनाफाबाट चुक्ता पुँजी रु.८,३४,००,०००।– को ०.८८ प्रतिशत नगद लाभांश र १६.९० प्रतिशत बोनश शेयर गरी १७.७८ प्रतिशत लाभांश स्वीकृत गर्नुका साथै आर्थिक वर्ष ७७.७८ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षण भएको आ.व. ७७.७८ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरणसहित वित्तीय विवरणहरु तथा संस्थाको प्रबन्धपत्र तथा नियमावलीका विभिन्न दफाहरु संशोधनको प्रस्तावसमेत पारित गर्नुका साथै आ.व. ७८.७९ का लागि लेखा परीक्षक नियुक्तीसमेत गरेको छ । उक्त साधारणसभाले संस्थापक समूह “क” अन्तर्गत रिक्त रहेका ४ जना सञ्चालकहरुमा उदयनारायण बराल, अशोक गौतम, राजुप्रसाद अधिकारी र विजयकुमार दाहाललाई निर्विरोध निर्वाचित गरेको छ । २०७३ कार्तिक २२ गते स्थापित संस्थाको छैठौं स्थापना दिवसका दिन सम्पन्न उक्त साधारणसभामा सहभागी शेयरधनी महानुभावहरुले संस्थाको उत्तरोत्तर प्रगतिको लागि शुभकामना समेत गरेको छ ।

    प्रतिकृया दिनुहोस्