News Portal

  • आइएमई जनरल इन्स्योरेन्स र पीक मीबीच बीमा सेवासम्बन्धी सम्झौता

    आर्थीकसंसार संवाददाता
    १३२६ पटक

    काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र Pick Me बीच दुर्घटना बीमा सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र Pick Me का अध्यक्ष प्रसन्न अधिकारीले हस्ताक्षर गर्नुभयो । यस सम्झौतापश्चात Pick Me का चालक र Pick Me प्रयोग गर्ने सबै ग्राहक महानुभावहरुको रु. १,००,०००/- (अक्षेरुपी एक लाख) सम्मको दुर्घटना बीमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट हुनेछ ।सम्झौतापत्रमा हस्ताक्षरपश्चात Pick Me का अध्यक्ष अधिकारीले आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट Pick Me का चालक तथा ग्राहकको बीमा गराउन पाएकोमा खुसी व्यक्त गर्दै कम्पनीको तर्फबाट चालक तथा Pick Me ग्राहकले ride sharing, food delivery, logistic support, mart एउटै एप बाट गर्ने व्यवस्था रहेको र सो एप प्ले स्टोर तथा एप स्टोरबाट डाउनलोड गर्न सकिने व्यहोरा जानकारी गराउनु भयो ।


    आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले Pick Me का चालक र ग्राहक महानुभावहरुलाई कम्पनीसँग बीमा गर्ने अवसर प्रदान गरेकोमा Pick Me का अध्यक्ष लगायत Pick Me टिमलाई धन्यवाद दिनु हुँदै Pick Me प्रयोग गर्ने चालक र सबै ग्राहक महानुभावहरुलाई दुर्घटना बीमा गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो । उक्त अवसरमा श्री श्रेष्ठले कम्पनीले आवश्यक पर्ने सबै किसिमको निर्जीवन बीमा सेवा सहज रुपमा प्रदान गर्ने व्यहोरा जानकारी गराउँदै ढुक्क भएर बीमा सेवा लिन पनि सबैमा आग्रह गरेको समेत जारी विज्ञप्तिमा भनिएको छ ।

     

     

    प्रतिकृया दिनुहोस्