News Portal

  • एनसीसी बैंकका ग्राहकले दराजबाट अनलाइन सपिङ्ग गरी भुक्तानी गर्दा विशेष छुट

    आर्थीकसंसार संवाददाता१८ कार्तिक, २०७८
    १४०७ पटक
    १८ कार्तिक, २०७८

    काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड र दराज अनलाइन सपिङबीच छुटसम्बन्धी सम्झौता भएको छ । एनसीसी बैंकका ग्राहकले दराजमा एक दिने भव्य सेल– ११.११ अभियानमा छुट प्रदान गर्ने जनाइएको छ ।
    सम्झौताअनुसार एनसीसी बैंकको डेविट कार्ड प्रयोगकर्ताहरुलाई दराजबाट अनलाइन सपिङ्ग गरी भुक्तानी गर्दा थप १५ प्रतिशत छुट दिने जसमा डेबिट कार्डमा अधिकतम ३,००० र क्रेडिट कार्डमा अधिकतम ३,५०० सम्मका छुट प्राप्त गर्न सकिनेछ । यस योजाना कार्तिक २५ (नोभेम्बर ११) को दिन शुरु भई २४ घण्टामा समापन हुनेछ ।
    देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकका ७ वटै प्रदेशमा गरी कुल १३६ शाखा, ११० वटा एटिएम र ११ वटा एक्स्टेन्सन काउन्टर संचालित गरी बैँकले आफ्ना ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गरिरहेको छ ।

    प्रतिकृया दिनुहोस्