
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/०७८ मा उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ता/एजेन्सी मेनेजर, शाखा कार्यालय तथा कर्मचारीहरुलाई सम्मान गरेको छ । कम्पनीले पोखरामा आयोजना गरेको दुईदिने विशेष समारोहबीच उनीहरुलाई सम्मान गरेको हो ।
कार्यक्रमको पहिलो दिन कम्पनीले शाखा कार्यालयका प्रमुख, विभागीय तथा क्षेत्रीय प्रमुखहरुलाई विशेष तालिम प्रदान गरेको थियो ।
तालिममा जीवन बीमा क्षेत्रमा आफ्नो छुट्टै पहिचान तथा नेतृत्वदायी भूमिका निभाएका सफल बीमा विज्ञ तथा कम्पनीका सञ्चालक समेत रहेको विवेक झाले क्षमता बृद्धि तथा बजार व्यवस्थापनसम्बन्धी मुलभुत तालिम प्रदान गरेका थिए ।
कार्यक्रमको दोस्रो दिन कम्पनीले उत्कृष्ट २५ अभिकर्ता, उत्कृष्ट २५ एजेन्सी मैनेजर र २०२०/२०२१ मा एमडिआरटी बन्न सफल अभिकर्ताहरुलाई सम्मान गरेको थियो । यसका साथै विभिन्न विधामा उत्कृष्टता हासिल गरेका शाखा कार्यालय, क्षेत्रीय कार्यालय तथा कर्मचारीलाई कम्पनीले सम्मान गरेको थियो ।