News Portal

  • एनआईसी एशियाका ग्राहकले कार्ड बिनै एटिएमबाटै पैसा निकाल्न सक्ने

    आर्थीकसंसार संवाददाता१७ कार्तिक, २०७८
    ८४५ पटक
    १७ कार्तिक, २०७८

    काठमाडौं । एनआईसी एशिया बैंकले मोबाइल बैंकिङ्ग एप प्रयोग गरी एटिएमबाट कार्ड बिनै नगद रकम झिक्न सकिने सुविधाको सुरुवात गरेको छ ।
    यस बैंकमा खाता खोली बैंकको मोबाइल बैंकिङ्ग सेवा लिनु भएका ग्राहकहरूले यस बैंकका देशभर रहेका ४७३ वटा एटिएमबाट यो सेवा प्रयोग गरी जुनसुकै समयमा नगद निकाल्न सक्नेछन् ।
    बैंकको यो सुविधा प्रयोग गर्नका लागि यस बैंकको मोबाइल एप प्रयोगकर्ता महानुभावहरूले एप भित्र रहेको क्यास विथड्रल आइकनमा ट्याप गरेर त्यसभित्र आफुले निकाल्न चाहेका रकम उल्लेख गरेर ट्रान्जेक्सन पिन जवा फिंगरप्रिन्ट राखेर भेरिफाई गरेपश्चात आफ्नो बैंक खातामा दर्ता भएको मोबाइल नम्बरमा ओटिपी प्राप्त गर्नेछन् ।
    ग्राहकले आफूलाई प्राप्त सोही ओटिपी एटिएमको स्क्रिनमा रहेको ट्रान्जेक्सन भित्र गई आफूले निकाल्न चाहेको रकम पुनः उल्लेख गरी विथड्रल आइकनमा थिचे पश्चात इच्छाएको नगद रकम प्राप्त हुनेछ ।

    प्रतिकृया दिनुहोस्