News Portal

  • बैंकर्स संघको अध्यक्षमा अनिलकुमार उपाध्याय निर्विरोध निर्वाचित

    आर्थीकसंसार संवाददाता१७ कार्तिक, २०७८
    १३१६ पटक
    १७ कार्तिक, २०७८

    काठमाडौं । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघ –एनबिए)को अध्यक्षमा अनिलकुमार उपाध्याय निर्विरोध निर्वाचित भएका छन् । उनी बुधबार उनी संघको अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।
    कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत रहेका उनी यसअघि संघको उपाध्यक्ष थिए ।
    बुधबार दिउसो २ बजेसम्म अर्को कुनै सीईओले अध्यक्षमा दाबी नगरेपछि उपाध्याय स्वतः अध्यक्ष भएको बताइएको छ ।
    अध्यक्षको औपचारिक घोषणा भने कार्तिक २३ गते गर्ने बताइको छ । संघको उपाध्यक्ष र सदस्यहरुको टुंगो पनि कार्तिक २३ गते लाग्ने बुझिएको छ । संघको उपाध्यक्षमा भने मेगा बैंककी सीईओ अनुपमा खुञ्जेलीको चर्चा व्यापक छ ।

    प्रतिकृया दिनुहोस्