News Portal

  • ‘युवासँग महालक्ष्मी लाईफ’ मालिका र बेलबारीमा कार्यक्रम सम्पन्न

    आर्थीकसंसार संवाददाता१६ कार्तिक, २०७८
    ११९२ पटक
    १६ कार्तिक, २०७८

    काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले कार्तिक १५ गते एकै दिन विभिन्न ३ स्थानमा युवासँग महालक्ष्मी लाईफ बीमा जागरण कार्यक्रम सञ्चालन गरेको छ ।
    मोरङको बेलबारीस्थित बेलबारी अपांग सेवा संघ मोरङको भवनमा सञ्चालित कार्यक्रममा २३ जना अपांङ युवाहरुको सहभागिता रहेको थियो । कम्पनीका उपक्षेत्रीय प्रमुख हिरा निरौलाले तालिम दिएका थिए ।
    यस्तै म्याग्दी जिल्लाको मालिका गाउँपालिका–७ मा रहेको किसानी माध्यमिक विद्यालय बिमका प्लस टुका विद्यार्थीहरुलाई ‘युवासँग महालक्ष्मी लाईफ’ कार्यक्रममा सहभागी गराइएको थियो । शिक्षक अभिभावक संघका अध्यक्ष हर्कमान जुग्जालीको अध्यक्षतामा सञ्चालित बीमा जागरण कार्यक्रममा ७० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । सहभागी विद्यार्थीहरुलाई कम्पनीका क्षेत्रीय प्रमुख जमुना आचार्यले तालिम दिएका थिए ।
    त्यसैगरी सोही दिन दिउँसो किसानी मावि प्राविधिक शिक्षालयमा पनि युवासँग महालक्ष्मी लाईफ बीमा जागरण कार्यक्रम सञ्चालन गरिएको थियो । प्राविधिक क्षेत्रका ८२ जना विद्यार्थीको सहभागिता रहेको कार्यक्रममा महालक्ष्मी लाईफका क्षेत्रीय प्रमुख जमुना आचार्यले बीमा बारेको तालिम प्रदान गरेकी थिइन् ।

    प्रतिकृया दिनुहोस्