News Portal

  • मञ्जुश्री फाइनान्सको टाँडीमा नयाँ शाखा विस्तार

    आर्थीकसंसार संवाददाता१५ कार्तिक, २०७८
    १११४ पटक
    १५ कार्तिक, २०७८

    काठमाडौं । मञ्जुश्री फाइनान्स कम्पनीले चितवनको टाँडीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त नयाँ शाखाको उद्घाटन कम्पनीका सञ्चालक समिति अध्यक्ष र सञ्चालक समिति सदस्यहरुले गरेका हुन् ।
    यसअघि कम्पनीका नारायणगढ, न्युरोड–काठमाडौं, पाल्पा रोड बुटवल, धनगढी, इटहरी, विराटनगर, नेपालगञ्ज, धरान, पोखरा, विरगञ्ज, मुर्गिया, योगीकुटी, मणिग्राम, भैरहवा, गैंडाकोट, हाकिमचौक भरतपुर, पर्सावजार, ईनरुवा, झुम्का वजार र विराटचोकमा २० वटा शाखा रहेका थिए भने अव थप १ सहित शाखा संख्या २१ पुगेको छ । कम्पनीले विप्रेशण, मोवाइल बैंकिङ, इन्टरनेट बैंकिङ र एटिएटि सेवा प्रदान गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्