News Portal

  • राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समिति अध्यक्षमा डा. बलराम पाठक

    आर्थीकसंसार संवाददाता१६ कार्तिक, २०७८
    १०९४ पटक
    १६ कार्तिक, २०७८

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड सञ्चालक समितिका नवनियुक्त अध्यक्ष डा.बलराम पाठकले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा १२७ को उपदफा १ बमोजिम मंगलबार पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
    यसअघि बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले डा..बलराम पाठकलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । डा. पाठकले अर्थशास्त्र विषयमा विद्यावारिधी गर्नुभएको छ ।
    साथै, उहाँलाई राष्ट्रिय बिमा कम्पनी लिमिटेडको संचालकको रुपमा कार्य गरेको अनुभव रहेको छ । डा. पाठक हाल त्रिभुवन विश्वविद्यालय अन्र्तगतको क्याम्पसमा अर्थशास्त्र विषयको प्राध्यापन पेशामा आवद्ध हुनुहुन्छ ।
    शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरद्वय निलम तिम्सिना ढुङ्गाना तथा बमबहादुर मिश्रलगायत उच्च पदाधिकारीहरु र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी, कम्पनी सचिव भोलानाथ पौडेलको उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्