News Portal

  • काठमाडौं महानगरपालिकाको कर तथा राजस्व ई–सेवामार्फत भुक्तानी

    आर्थीकसंसार संवाददाता१४ कार्तिक, २०७८
    ११९४ पटक
    १४ कार्तिक, २०७८

    काठमाडौं । नेपालको सबैभन्दा ठुलो र पुरानो महानगरपालिका काठमाडौं महानगरपालिकाको कर तथा राजस्व अबदेखि ई–सेवामार्फत भुक्तानी गर्न सकिने भएको छ । यससँगै अबदेखि काठमाडौं महानगरपालिकाको सम्पत्ति तथा भूमि, व्यवसाय र बहाल कर इसेवामार्फत सहजै भुक्तानी गर्न सकिने भएको हो ।
    ई–सेवा एकाउन्ट भएका व्यक्तिले मोबाईलबाट सिधै कर तथा राजस्व भुक्तानी गर्न सक्नेछन् भने ई–सेवा एकाउन्ट नभएका व्यक्तिले नजिकै रहेका ई–सेवा जोन तथा पोइन्टमार्फत कर भुक्तानी गर्न सक्नेछन् । स्थानीय तहमा बुझाउने कर तथा सेवा शुल्क अनलाइनमार्फत भुक्तानी गर्दा स्थानीय तह र त्यस क्षेत्रका बासिन्दालाई अझ सहज हुनुका साथै अहिलेको कोभिड–१९ को महामारीका बेला घरबाटै सेवा लिँदा अझ सजिलो र सुरक्षित हुने अपेक्षा गरिएको छ ।
    महानगरबासीले दुई तरिकाबाट इ–सेवामार्फत भुक्तानी गर्न सक्नेछन् । यसको लागि नगरबासीले सुरूमा वडा कार्यालय मार्फत आफ्नो इमेल र फोन नम्बर दर्ता गराइ लगइन आइडी लिनुपर्नेछ । त्यसपछि इसेवाको मोबाईल एप अथवा वेभसाइटबाट भुक्तानी गर्न सकिनेछ भने काठमाडौ महानगरपालिकाको वेभसाइटबाट पनि युजरनेम र पासवर्ड हानेर इसेवामार्फंत कर तथा राजस्व भुक्तानी गर्न सकिनेछ ।
    हालसम्म बनेपा नगरपालिका, बासगढी नगरपालिका, बर्दघाट नगरपालिका, बेलौरी नगरपालिका, बिराटनगर महानगरपालिका, बिष्णुपुर गाउँपालिका, बुटवल उपमहानगरपालिका, छथर जोरपाटी गाउँपालिका, धनगढीमाई नगरपालिका, धरान उपमहानगरपालिका, धुलिखेल नगरपालिका, गोदावरी नगरपालिका, गोकर्णेश्वर नगरपालिका, हेटौडा उपमहानगरपालिका, इटहरी उपमहानगरपालिका, काठमाडौं महानगरपालिका, कावासोती नगरपालिका, केराबारी गाउँपालिका, कीर्तिपुर नगरपालिका, मध्यविन्दु नगरपालिका, नमोबुद्ध नगरपालिका, पुनर्वास नगरपालिका, सुन्दरहरैँचा नगरपालिका, थुलुङ दुधकोशी गाउँपालिका, तिलोत्तमा नगरपालिका लगायतका स्थानीय तहमा ईसेवामार्फत कर तथा राजस्व भुक्तानी गर्न सकिन्छ ।

    प्रतिकृया दिनुहोस्