News Portal

  • एनएमबि बैंकद्वारा लाभांशको घोषणा

    आर्थीकसंसार संवाददाता१४ कार्तिक, २०७८
    ७५६ पटक
    १४ कार्तिक, २०७८

    काठमाडौं । एनएमबि बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको १५.८ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
    कार्तिक १२ गते बसेको बैंक सञ्चालक समितिको बैठकले सेयरधनीलाई १२.५ प्रतिशत बोनस र ३.३ प्रतिशत नगद गरी कूल १५.८ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
    प्रस्तावित लाभांशलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ ।

    प्रतिकृया दिनुहोस्