News Portal

  • प्रभु बैंकद्वारा नक्साल भाटभटेनी सुपर मार्केटमा क्यूआर कोड सेवा सञ्चालन

    आर्थीकसंसार संवाददाता११ कार्तिक, २०७८
    ९६६ पटक
    ११ कार्तिक, २०७८

    काठमाडौं । प्रभु बैंकले फोन पेसँगको सहकार्यमा नगद कारोबारलाई क्रमशः विस्थापित गर्दै डिजिटल भुक्तानीलाई प्रवद्र्धन गर्ने उद्देश्यले काठमाडौं नक्सालस्थित भाटभटेनी सुपर मार्केटमा कारोबार गर्दा क्यू आर कोडमार्फत भुक्तानी गर्ने प्रणाली सञ्चालनमा ल्याएको छ । आज मिति २०७८/०७/११ गते बिहीबारका दिन नक्सालस्थित भाटभटेनी सुपर मार्केटको प्राङ्गणमा आयोजित एक समारोहमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले QR Code Payment System को समुद्घाटन गर्नुभएको हो ।
    समुद्घाटन मन्तव्य राख्ने क्रममा प्रमुख अतिथि एवं नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको बैंकिङ्ग क्षेत्रमा सूचना प्रविधिको उच्चतम् प्रयोगबाट समग्र आर्थिक कारोबारमा सरलता र सहजता आएको सन्दर्भ जोड्नु हुँदै प्रभु बैंक र फोन पेको संयुक्त पहलमा नक्सालस्थित भाटभटेनी सुपर मार्केटमा हुने आर्थिक कारोबारको लागि नगदै बोक्नुपर्ने झण्झट हटेकोे बताउनुभयो । कार्यक्रममा  आफ्नो मन्तव्य राख्नुहुँदै प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले प्रभु बैंकले सूचना प्रविधिको अधिकतम् प्रयोग गर्दै ग्राहकहरुलाई समयसापेक्ष नविनतम् बैंकिङ्ग सेवा प्रवाहमा कटिबद्ध रहेको बताउनुभयो ।
    अत्याधुनिक प्रवधिको उच्चतम प्रयोग गर्दै समग्र ग्राहकहरुको चाहनालाई पहिलो प्राथमिकतासहित गुणस्तरीय एवं विश्वसनीय बैंकिङ्ग सेवा उपलब्ध गराउँदै आएको प्रभु बैंक र सूचना प्रविधिको क्षेत्रमा विगत लामो समयदेखि क्रियाशील फोन पेबीचको समन्वयनमा सञ्चालित क्यूआर कोड सेवामार्पmत डिजिटल बैंकिङ्ग सेवा उपभोग गरी नक्साल भाटभटेनी सुपर मार्केटमा आर्थिक कारोबार गर्ने सम्पूर्ण उपभोक्ता तथा ग्राहकहरुले अधिकतम् लाभ लिनुहुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।

    प्रतिकृया दिनुहोस्