News Portal

  • नबिल बैंकले सुर्खेतका किसानलाई सहुलियतपूर्ण कर्जा दिने

    आर्थीकसंसार संवाददाता९ कार्तिक, २०७८
    १९२१ पटक
    ९ कार्तिक, २०७८

    काठमाडौं । नबिल बैंकले सुर्खेतको बराहतालमा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा नबिल बैंकले बराहताल गाउँपालिकासँग दिगो बैंकिङअन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचको लागि समझदारी गरेको छ ।
    बराहताल गाउँपालिकामा नबिल बैंकको तर्फबाट नबिल दिगो बैंकिङका प्रबन्धक लिलाप्रसाद ओझा र गाउँपालिकाको तर्फबाट अध्यक्ष तेजबहादुर बस्नेतले साझेदारी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
    उक्त साझेदारीमार्फत गाउँपालिकाहरुले स्थानीयस्तरमा सञ्चालन गर्ने विभिन्न उद्यमसम्बन्धी कार्यक्रम र तालिम लिएर उद्यम गर्न चाहने उद्यमीहरुलाई गाउँपालिकाको सिफारीसमा बैंकले उद्यम गर्न बैंकको नियमअनुसार कर्जा उपलब्ध गराउने जनाएको छ ।
    कार्यक्रममा बोल्दै नबिल बैंकको कर्णाली प्रदेश प्रमुख गोपी पाण्डेले यस सम्झौताले बराहताल गाउँपालिकामा रोजगारी र उद्यमशीलता विकास गरी सामाजिक रुपान्तरणमा सहयोग गर्ने बताए ।
    त्यस्तै बराहताल गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेतले नबिल बैंकको दिगो बैंकिङले निम्न वर्गीय किसान तथा उद्यमीलाई बलियो बनाउने र देशको श्रम भारतलगायत खाडी मुलुक पलायन हुनबाट रोक्ने आशा व्यक्त गरे ।
    नबिल बैंकले गत असार १५ गते धान दिवसकै दिन नबिल दिगो बैंकिङको सुरुवात गरेको हो । सरकारको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकले दिगो बैंकिङ कार्यक्रम सार्वजनिक गरेको हो । कार्यक्रमअन्तर्गत बैंकले नबिल किसान कर्जा र नबिल उद्ममशील कर्जा सुरु गरेको छ ।
    बैंकले ग्रामीण क्षेत्रमा वित्तीय पहुँच न्युन भएका वर्गलाई लक्षित गरी कृषि क्षेत्रको व्यवसायीकरण र उद्यमशीलता विकासको लागि ल्याएको यो कार्यक्रम सुरुमा १७ वटा दुर्गम शाखाहरुबाट सञ्चालन गरी नबिल किसान कर्जा र नबिल उद्ममशील कर्जा प्रवाह गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्