News Portal

  • सन नेपाल लाइफको अभिकर्ता सम्मान तथा बिमा जागरण कार्यक्रम सम्पन्न

    आर्थीकसंसार संवाददाता८ कार्तिक, २०७८
    ११७२ पटक
    ८ कार्तिक, २०७८

    काठमाडौं । सन नेपाल लाइफले कैलाली, जिल्लाको धनगढी, अत्तरीया, सुखड, लम्की र टिकापुर तथा कञ्चनपुर जिल्लाको महेन्द्रनगर र पुनर्वासमा बीमा जागरण अभियान सञ्चालन गरेको छ । साथै कम्पनीको शाखा कार्यालय धनगढी र धनगढी शाखाअन्तर्गत रहेका उपशाखा महेन्द्रनगर, झलारी, अत्तरीया बेलौरी,पूनर्वास,हसूलिया,मसुरिया, भजनी, सुखड, लम्की,टिकापुर बौनिया तथा राजापुरमा कार्यरत उत्कृष्ट अभिकर्ताअरुलाई सम्मान समेत गरेको छ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यमा सम्पन्न उत्त कार्यक्रमहरुको संयोजन सुदुरपश्चिम प्रदेश प्रमुख लक्ष्मीकान्त जैशीले गर्नु भएको थियो
    देशैभर उत्कृष्ट शाखा सञ्जालबाट बीमा सेवा प्रदान गर्दे आएको यस कम्पनीले निकट भविष्यमा नै सर्बसाधारणलाई साधारण शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरिसकेको कम्पनीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्