News Portal

  • कृषि विकास बैंकको डिबेञ्चर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल नियुक्त

    आर्थीकसंसार संवाददाता५ कार्तिक, २०७८
    १३६० पटक
    ५ कार्तिक, २०७८

    काठमाडौं । कृषि विकास बैंकले ९ अर्ब ४२ करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गरेको छ । सो मात्राको ऋणपत्रको लागि बैंकले एनआईबिएल एस क्यापिटल लिमिटेडलाई डिबेञ्चर रजिष्ट्रार नियुक्त गरेको छ ।
    सो सम्बन्धी सम्झौतामा कृषि विकास बैंकको तर्फबाट प्रमुख वित्त अधिकृत प्रेमकुमार श्रेष्ठ र बरिष्ठ शाखा प्रमुख उमेश पंजियार तथा एनआईबिएल एस क्यापिटलको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापा र सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका हुन् । उक्त सम्झौता गत असोज २० गते भएको हो ।
    बैंकले ८ बर्ष अवधिको ६ अर्ब र ९ वर्ष अवधिको ३ अर्ब ४२ करोड ६९ लाख ७५ हजार रुपैयाँ बराबरको ‘कृषिऋणपत्र’ निष्काशन गरेको हो । कृषि क्षेत्रमा लगानी गरी कृषि क्षेत्रमा दीर्घकालीन साधनको उपलब्धता सहज बनाउन यस बैंकले कृषि ऋणपत्र जारी गरेको जनाएको छ ।

    प्रतिकृया दिनुहोस्