आर्थीकसंसार संवाददाता५ कार्तिक, २०७८
५ कार्तिक, २०७८काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन भएको छ । कम्पनीको १० प्रतिशत बोनसपछिको सेयर मूल्य समायोजन भएको हो ।
समायोजन भएसँगै बैंकको सेयर मूल्य प्रतिकित्ता ३३४.५५ रुपैयाँ कायम भएको छ । यससँगै अबको कारोबारमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ३३४.५५ रुपैयाँबाटै सुरु हुने छ । यसअघि बैंकको अन्तिम कारोबार प्रतिकित्ता ३६८ रुपैयाँमा भएको थियो ।