News Portal

  • इन्भेष्टमेन्ट बैंकले बढायो बोनसदर

    आर्थीकसंसार संवाददाता
    ७८२ पटक

    ३ कार्तिक, २०७८
    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले प्रस्ताव गरेको लाभांश परिमार्जन गरेको छ । बैंकले नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम प्रस्तावित १६ प्रतिशत लाभांशलाई परिमार्जन गरेको हो ।
    बैंकको निर्देशन बमोजिम कम्पनीले कूल लाभांश १६ प्रतिशत नै हुने गरी बोनस र नगदमा परिमार्जन गरेको हो । यससँगै बैंकले आर्थिक वर्ष २०७७÷७८ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १२.६११ प्रतिशत बोनस र ३.३८९ प्रतिशत नगद गरी कूल १६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
    कार्तिक २ गते बसेको बैंक सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । यसअघि बैंकले चुक्ता पुँजीको ११.२४ प्रतिशत बोनस र ४.७६ को नगद गरी १६ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो ।
    परिमार्जित प्रस्तावित लाभांशलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ ।
    हाल बैंकको चुक्ता पुँजी १६ अर्ब २५ करोड रुपैयाँ रहेको छ । १२.६११ प्रतिशत बोनसपछि बैंकको चुक्ता पुँजी १८ अर्ब २९ करोड रुपैयाँ नाघ्ने छ ।

    प्रतिकृया दिनुहोस्