News Portal

  • ईङवा हाइड्रो पावरको साधारण शेयरको निष्काशन तथा प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग नियुक्त

    आर्थीकसंसार संवाददाता३ कार्तिक, २०७८
    ७५२ पटक
    ३ कार्तिक, २०७८

    काठमाडौं । ईङवा हाइड्रोपावर लिमिटेडको प्रति शेयर अंकित मूल्य रु. १००/– (एक सय रुपैया मात्र) दरको १९,६०,००० कित्ता साधारण शेयरको प्रारम्भिक सार्वजनिक निष्काशन निष्काशन तथा बिक्रीका लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त भएको छ ।
    ईङवा हाइड्रोपावर लिमिटेडको रजिष्टर्ड कार्यालय, काठमाडौं वडा नं. ११, थापाथलीमा आयोजित एक समारोहबीच नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारी र ईङवा हाइड्रोपावर लिमिटेडको तर्फबाट सञ्चालक सतिश न्यौपानेले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
    ईङवा हाइड्रोपावर लिमिटेडले ताप्लेजुङ्ग जिल्लामा ९.७ मे.वा. जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

    नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड नेपाल एसबिआई बैक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।

    प्रतिकृया दिनुहोस्