News Portal

  • कामना सेवा विकास बैंकले २३ गते १५औं वार्षिक साधारण सभा गर्ने

    आर्थीकसंसार संवाददाता२६ असोज, २०७८
    ६५६ पटक
    २६ असोज, २०७८

    काठमाडौं । कामना सेवा विकास बैंकले आगामी कार्तिक २३ गते १५औं वार्षिक साधारणसभा गर्ने निर्णय गरेको छ । बैंकको असोज २५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त सभा काठमाडौंको बूढानीलकण्ठको पार्क भिलेज रिसोर्टमा बिहान १० बजे बोलाउने निर्णय गरेको हो ।
    सभामा जाने प्रयोजनको लागि कार्तिक १० गते एक दिनको लागि बैंकको बुक क्लोज हुनेछ । यससँगै नेप्सेमा कात्र्तिक ९ गतेसम्म कारोबार भई सेयर खरिद गरी नियमानुसार आफ्नो नाममा सेयर नामसारी भई आएका सेयरधनी उक्त सभामा भाग लिनसक्ने र आर्थिक वर्ष २०७७÷०७८ को नगद लाभांश तथा बोनस सेयर पाउन योग्य हुनेछन् ।
    उक्त सभाले सर्वसाधरण सेयरधनीको तर्फबाट ३÷३ जना गरी ६ जना सञ्चालकको निर्वाचन गर्नेलगायतका प्रस्तावहरु पारित गर्ने छ । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आएअनुसार बैंकले चुक्ता पुँजीको १८.५० प्रतिशत बोनस सेयर तथा सोको कर प्रयोजनको लागि ०.९७ प्रतिशत नगद लाभांश गरी कुल १९.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गर्दै छ ।
    हाल बैंकको चुक्ता पुँजी २ अर्ब ६५ करोड रुपैयाँ रहेको छ । प्रस्तावित १८.५० प्रतिशत बोनस सेयर पछि बैंकको चुक्ता पुँजी ३ अर्ब १४ करोड रुपैयाँ नाघ्ने छ ।

    प्रतिकृया दिनुहोस्