News Portal

  • लगानी बोर्डद्वारा दुई जलविद्युत आयोजनाको लागि ७३ अर्ब लगानीको स्वीकृति

    आर्थीकसंसार संवाददाता२३ असोज, २०७८
    १०४७ पटक
    २३ असोज, २०७८

    काठमाडौं । लगानी बोर्डले दुईवटा जलविद्युत आयोजनाको लागि करिब ७३ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ ।
    प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको लगानी बोर्डको बैठकले संखुवासभामा निर्माणाधीन ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजनाको लागि ६२ अर्ब ६इ करोड रुपैयाँ पुँजी बृद्धिको स्वीकृति प्रदान गरेको हो ।
    त्यसैगरी दोलखाको ५६ मेगावाट क्षमताको जुमखोला जलविद्युत आयोजनाको लागि १० अर्ब ५ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको हो ।
    सम्राट सिमेन्ट र माथिल्लो त्रिशुली १ जलविद्युत आयोजना शेयर खरिद बिक्री प्रस्तावलाई पनि स्वीकृति प्रदान गरेको छ । दाङमा सञ्चालनमा रहेको सम्राट सिमेन्टको ३० प्रतिशत शेयर चौधरी समूहले खरिद गरेको हो ।

    प्रतिकृया दिनुहोस्