News Portal

  • तनहुँमा ‘युवासँग महालक्ष्मी लाईफ’ कार्यक्रम सम्पन्न

    आर्थीकसंसार संवाददाता२२ असोज, २०७८
    ८०७ पटक
    २२ असोज, २०७८

    काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले बीमा जागरण गर्ने सिलसिलामा नवौं जिल्ला तनहुँमा पनि कार्यक्रम सम्पन्न गरेको छ ।
    तनहुँ जिल्लाको सदरमुकाम दमौलीस्थित दमौली कलेजमा आज सम्पन्न भएको कार्यक्रममा स्नातक तहका ९३ जना विद्यार्थीको सहभागी थिए ।
    दमौलीका कार्यालय प्रमुख माधव न्यौपानेले सञ्चालन गर्नु भएको कार्यक्रममा सहभागी विद्यार्थीहरुलाई कम्पनीका अधिकृतहरु प्रशान्तराज धमला र अखिल धमलाले बीमा सम्बन्धी प्रशिक्षण दिए । त्यसैगरी तनहुँ जिल्लाभरी बीमा जागरण अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गर्नको लागि कलेजका डाइरेक्टर महेन्द्र न्यौपाने तथा एजेन्सी म्यानेजर दयाराम कट्टेलको अध्यक्षतामा १५ सदस्यीय बीमा जागरण राष्ट्रिय अभियान तनहुँ जिल्ला कमिटी गठन भएको छ ।

    प्रतिकृया दिनुहोस्