News Portal

  • युवासँग महालक्ष्मी लाईफ कास्कीको समिती गठन

    आर्थीकसंसार संवाददाता२२ असोज, २०७८
    ८५८ पटक
    २२ असोज, २०७८

    काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले ‘युवासँग महालक्ष्मी’ राष्ट्रिय बिमा जागरण अभियान कास्कीको समितिको गठन गरेको छ । इन्स्योरेनसले बिहीबार पोखरामा भएको एक कार्यक्रममा २१ सदस्यीय समिति घोषणा गरेको हो ।
    इन्स्योरेन्सका नायव महाप्रबन्धक प्रशान्तराज धमलाको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा विभिन्न योजनामा योग्यता पुग्ने अभिकर्ताहरुलाई सम्मानसमेत गरिएको थियो ।
    कार्यक्रममा प्रमुख अतिथि धमलाले सर्वसाधारणमा बीमाबारे जनचेतना लागि बीमा जागरण राष्ट्रिय अभियान सञ्चालन गरिएको र यसमा युवाहरुको बीचमा प्रभावकारिताको साथ काम गर्ने लक्ष्य रहेको उल्लेख गरे ।

    प्रतिकृया दिनुहोस्