News Portal

  • प्रभु लाइफद्वारा मृत्यु दाबी भुक्तानी

    आर्थीकसंसार संवाददाता२० असोज, २०७८
    १३३४ पटक
    २० असोज, २०७८

    काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले मृतक केदारबहादुर अधिकारीको परिवारलाई १६ लाख १२ हजार ५ सय रुपैयाँ मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । उक्त रकम कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायणप्रसाद पौडेलले मृतककी श्रीमती सुशीला घिमिरेलाई प्रदान गरेका हुन् ।
    धादिङ जिल्ला गंगाजमुना गाउँपालिका घर भएका बीमित अधिकारीले डेढ वर्ष अघि प्रभु लाइफ इन्स्योरेन्स लि शाखा कार्यालय गोंगबुबाट १५ लाख रुपैयाँको २० वर्षे अवधि राखेर आफ्नो जीवन बीमा गराएका थिए । निज बीमितको कोरोनाको कारणले अस्पतालमा मृत्यु भएको थियो ।

    प्रतिकृया दिनुहोस्