News Portal

  • मुक्तिनाथ बैंकका ग्राहकलाई महेन्द्र नारायण निधि मेमोरियल अस्पतालमा छुट

    आर्थीकसंसार संवाददाता२० असोज, २०७८
    ७०० पटक
    २० असोज, २०७८

    काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्ना भिसा डेविट कार्डबाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकलाई थप सेवा दिन महेन्द्र नारायण निधि मेमोरियल अस्पतालसँग विभिन्न सेवामा विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।
    यस सम्झौतापश्चात बैंकका भिषा डेविट कार्डबाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले बसुन्धारामा रहेको महेन्द्रनारायण निधि मेमोरियल अस्पतालमा बेड चार्ज, डाएग्नोस्टिक –इन हाउस, फार्मेसी, प्रक्रियामामा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
    बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटिएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।
    त्यसैगरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खातामै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ्गजस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।

    प्रतिकृया दिनुहोस्