News Portal

  • नबिल इन्भेष्टमेन्टको “आजिवन डिम्याट खाता” दशैं अफर

    आर्थीकसंसार संवाददाता२० असोज, २०७८
    ९७५ पटक
    २० असोज, २०७८

    काठमाडौं । नेपालमा रहेको विद्यमान व्यवस्थाअनुसार शेयर बजारमा प्रवेश गरी लगानी गर्न चाहने लगानीकर्ताहरुले आफ्नो हितग्राही खाता खोलेपछि प्रत्येक वर्ष आफ्नो हितग्राही खाता (डिम्याट खाता) तथा मेरो शेयरको खाता प्रत्येक वर्ष नवीकरण गराउनुपर्ने भएकाले यसबाट लगानीकर्ताहरुलाई सम्बन्धित कम्पनीमा गई वा सम्बन्धित कम्पनीले तोकेको अनलाइन online पोर्टलहरुबाट नवीकरण हुँदै आएको व्यहोरा सर्वसाधारणमा विदितै छ । जसका कारणले कतिपय लगानीकर्ताहरु आफ्नो खाता रहेको विभिन्न संस्थाहरुमा धाउनु पर्ने देखिएको छ । जसले गर्दा विद्यमान कोभिड–१९ को जोखिमका कारणले आफ्नो डिम्याट खाता नवीकरण गराउन असमर्थ भएको देखिन्छ । यसलाई मध्यनजर गर्दै यस कम्पनीले आफ्ना कायम हितग्राही खातावालाहरु तथा नयाँ खाता खोल्न चाहने खातावालाई यस्तो झन्झटबाट मुक्त गराउने उद्देश्यले नेपालमै पहिलोपटक आजीवन डिम्याट खाताको योजना यही पौष २६, २०७७ देखि लागु हुने गरी ल्याएको लगानीकर्ताहरुमा विदितै छ ।
    यो योजनामा भाग लिई नयाँ डिम्याट खाता खोल्न चाहने व्यक्ति तथा संस्थाहरुले डिम्याट खाता खोल्दाको बखत एकै पटक रु. ३,००० (तीन हजार) रुपैयाँ भुक्तानी गरी आजीवन नवीकरण गर्ने झन्झटबाट मुक्त हुन सक्नेछन् । तर, विजया दशमी २०७८ को शुभकामनासहित नवरात्रीको ९ दिन अर्थात् २०७८।०६।२१ देखि २०७८।०६।२९ गतेका दिनसम्म यस्तो खाता खोल्न चाहने लगानीकर्ताहरुको लागि कम्पनीले रु. ९०० छुट सहित जम्मा रु. २१०० (एक्काईस शय रुपैयाँ मात्र) मा जीवनभर नवीकरणको झन्झटबाट मुक्त हुने आजीवन डिम्याट खाता तथा मेरो शेयर खाता खोल्न पाउने व्यवस्था गरेको व्यहोरा सहर्ष जानकारी गराएको छ । यस्तो सुविधा विद्यमान खातावालाहरुले पनि आफूले भुक्तानी गर्नुपर्ने नवीकरण वापतको बाँकी रकम भुक्तानी गरी प्राप्त गर्न सक्नेछन् । साथै आजीवन डिम्याट खाता तथा मेरो शेयर खाता खोल्नको लागि नबिल इन्भेष्टको https://onlinedemat.nabilinvest.com.np/ मा गई खोल्न सकिने छ भने नवीकरण वापतको भुक्तानी गर्न बाँकी रकम पनि https://onlinedemat.nabilinvest.com.np/Payment/DematRenew मा गई अनलाईनबाट नै भुक्तानी गर्न सकिनेछ ।
    हामीलाई आशा छ कम्पनीले प्रदान गरेको यो सुविधाबाट डिम्याट खाता खोली विदेशमा रहनु भएका डिम्याट खातावालाहरु तथा विभिन्न कारणले आफ्नो डिम्याट खाता नवीकरण गर्न असमर्थ हुनुभएका लगानीकर्ताहरुले एकैपटक एक मुष्ट रकम जम्मा गरी जीवन भरको लागि खाता नवीकरणको झन्झटबाट मुक्त भै फाइदा लिनु हुनेछ । यसरी नै लगानीकर्ताहरु र उद्यमीहरुको हितलाई ध्यानमा राखी राष्ट्रकै अग्रगामी तथा प्रगतिशील इन्भेष्टमेण्ट बैंकिङ सुविधाहरु नबिल इन्भेष्टले पछिल्ला दिनहरुमा सञ्चालनमा ल्याउँदै आएको छ । जसमा लगानी तथा प्राईभेट ईक्विटी परामर्श, विजनेश क्लिनिक, सम्भाव्यता अध्ययन, उद्यमी र लगानीकर्ताहरुलाई जोड्ने र सहज र छिटो बैक कर्जा उपलब्ध गराउने उपाय सहित एकै छाना मुनि पुरै सबै आर्थिक तथा वित्तीय समाधानहरु पर्ने भएको कम्पनीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्