News Portal

  • बाग्लुङ र बेनीमा ‘युवासँग – महालक्ष्मी लाईफ’ कार्यक्रम सम्पन्न

    आर्थीकसंसार संवाददाता२० असोज, २०७८
    १०३७ पटक
    २० असोज, २०७८

    काठमाडौं । युवा वर्गमा बीमासँग सम्बन्धित जनचेतना जगाउने उद्देश्यले महालक्ष्मी लाईफ इन्स्योरेन्सले आश्विनको पहिलो हप्ताबाट प्रारम्भ गरेको ‘युवासँग– महालक्ष्मी लाईफ’ बीमा जागरण राष्ट्रिय अभियान छोटो अवधिमा व्यापक हुँदै गइरहेको छ ।
    यसै सिलसिलामा म्याग्दीको बेनी र बागलुङबजारमा पनि बीमा जागरण राष्ट्रिय अभियानअन्तर्गत ‘युवासँग – महालक्ष्मी लाईफ’ कार्यक्रम सम्पन्न भएको छ । आज बिहान बेनी सामूदायिक माध्यमिक विद्यालयमा सञ्चालन भएको कार्यक्रममा १०५ जना विद्यार्थीहरु सहभागी भएका थिए । प्रधानाध्यापक काशिराम रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य एजेन्सी म्यानेजर दिलमाया विटालुले राख्नु भयो । सावित्रा खत्रीले सञ्चालन गरेको कार्यक्रममा कम्पनीका सहायक महाप्रबन्धक प्रशान्तराज धमला र क्षेत्रीय प्रमुख जमुना आचार्यले युवा विद्यार्थीहरुलाई बीमासम्बन्धी प्रशिक्षण दिनुभयो ।


    यसै क्रममा हिजो आश्विन १९ गते धौलागिरी बहुमुखी क्याम्पस बागलुङमा पनि ‘युवासँग – महालक्ष्मी लाईफ’ बीमा जागरण कार्यक्रम सम्पन्न भएको छ । २५ जना सहभागी भएको कार्यक्रमको अध्यक्षता क्याम्पस प्रमुख रामप्रसाद उपाध्यायले गर्नुभएको थियो । कम्पनीको बागलुङ कार्यालय प्रमुख विश्वनाथ आचार्यले सञ्चालन गर्नुभएको कार्यक्रममा प्रशान्तराज धमला र जमुना आचार्यले बीमासम्बन्धी प्रशिक्षण दिनु भएको कुरा कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले बताउनु भयो ।

    प्रतिकृया दिनुहोस्