News Portal

  • अब एनएमबि बैंकको खाता खोल्न प्रक्रिया पूर्ण रुपमा डिजिटल

    आर्थीकसंसार संवाददाता१८ असोज, २०७८
    ६९२ पटक
    १८ असोज, २०७८

    काठमाडौं । एनएमबि बैंकको सुरुदेखि अन्त्यसम्म खाता खोल्ने प्रक्रिया पूर्ण रुपमा डिजिटल भएको छ । बैंकले एक भिडियो कलमा आधारित ५ मिनेटमै देश वा विदेशमै रही खाता खोली कारोबार गर्न सकिने योजना ल्याएसँगैं बैंकको खाता खोल्ने प्रक्रिया पूर्ण रुपमा डिजिटल भएको हो ।
    यसरी सुरुदेखि अन्त्यसम्मको पूर्ण डिजिटल रुपमा खाता खोल्ने प्रक्रिया सुरु गर्ने पहिलो बैंक रहेको एनएमबिले उल्लेख गरेको छ ।
    ग्राहकहरूले एनएमबिमा भिडियो कलमार्फत अनलाइन नयाँ खाता खोल्न यस डिजिटल सेवा प्रयोग गरेर आफ्नो केवाईसी विवरणहरू अपडेट गर्न सक्दछन् । भिकेवाईसीको लागि डिजिटल लिंक यस प्रकार रहेको छः https://vcc.nmb.com.np

    प्रतिकृया दिनुहोस्