News Portal

  • सम्पन्न क्यापिटलको पहिलो साधारणसभा सम्पन्न

    २६.३१ प्रतिशत लाभांश बाँड्ने

    आर्थीकसंसार संवाददाता१६ असोज, २०७८
    १५०६ पटक
    १६ असोज, २०७८

    काठमाडौं । सम्पन्न क्यापिटल एण्ड एडभाईजरी लिमिटेडले पहिलो साधारण आज सम्पन्न गरेको छ । संस्थाले आर्थिक वर्ष २०७७/२०७८ को मुनाफाबाट सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर र उक्त बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि जम्मा पुँजीको १.३१६ प्रतिशत नगद लाभाशं दिने प्रस्ताव पास गरेको छ । बोनशपश्चात संस्थाको चुक्ता पुँजी ३ करोड ८४ लाख ९७ हजार हुने छ । संस्थाले पुरानै कार्य समितिलाई अनुमोदन गरेको छ भने हकप्रद सेयर निष्काशन गर्ने अख्तियारीसमेत सञ्चालक समितिलाई दिएको छ ।
    अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष जोसेफ अधिकारीले संस्थाले चालु आर्थिक वर्षमा पुँजी बृद्धि गर्दै लगानी व्यवस्थापक र भेन्चर क्यापिटल सम्बन्धी कार्र्य गर्ने अनुमतिपत्र लिने जानकारी दिए । त्यस्तैगरी संस्थाले आगामी आर्थिक वर्षभित्र पचास हजार डिम्याट खाता खोल्ने योजना बनाएको छ ।
    सम्पन्न क्यापिटल एण्ड एडभाईजरी लि. नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त कर्पोरेट एडभाईजरी सेवा प्रदान गर्ने मर्चेट बैंकर हो । संस्थाले निक्षेप सदस्यको कार्यसमेत गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्