News Portal

  • प्रभु क्यापिटलको १३औं वार्षिक साधारणसभा सम्पन्न

    ४० प्रतिशत लाभांश पारित

    आर्थीकसंसार संवाददाता१६ असोज, २०७८
    १५४१ पटक
    १६ असोज, २०७८

    काठमाडौं । प्रभु क्यापिटलले ४० प्रतिशत लाभांश दिने भएको छ । क्यापिटलको १३औं वार्षिक साधारण सभाले ४० प्रतिशत लाभांश पारित गरेको हो ।
    साधारण सभाले क्यापिटलले प्रस्ताव गरेको १७.६१ प्रतिशत नगद लाभांश र २२.३८८५ प्रतिशत बोनस शेयरसहित कूल ४० प्रतिशत लाभांशको प्रस्तावलाई पारित गर्ने निर्णय गरेको छ ।
    यससँगै नेपाल धितोपत्र बोर्डबाट मर्चेन्ट बैंकिङ कार्य गर्न अनुमति लिएका संस्थामध्ये प्रभु क्यापिटल १ अर्ब चुक्ता पुँजी पुर्याउने पहिलो कम्पनी बनेको छ ।
    प्रभु क्यापिटलले मर्चेन्ट बैंकिङअन्तर्गत शेयर रजिष्ट्रार, निष्काशन तथा बिक्री प्रबन्धक, प्रत्याभूतिकर्ताका साथै डिपी सदस्य, सामुहिक लगानी कोष व्यवस्थापक, लगानी व्यवस्थापनलगायतको सेवा प्रदान गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्