News Portal

  • लक्ष्मी बैंकले पायो ‘लिडिङ्ग पार्टनर बैंक’ उपाधि

    आर्थीकसंसार संवाददाता
    २२१३ पटक

    १३ असोज, २०७८
    काठमाडौं । लक्ष्मी बैंकले एसियन डेभेलपमेन्ट बैंकले २०२१ को लिडिङ्ग पार्टनर बैंकको उपाधि पाएको छ । बैंकले सबैभन्दा बढी कारोबार गरेसँगै उक्त उपाधि पाउन सफल भएको हो ।
    यससँगै बैंकले लगातार दोस्रो वर्ष उक्त उपाधि पाएको छ । यो उपाधि एडिबीको ट्रेड तथा सप्लाई चेन फाइनान्स योजनाअन्तर्गत रहेको छ, जसमा एडिबीसँगको सहकार्यमा सबैभन्दा बढी कारोबार गर्ने बैंकलाई प्रदान गर्ने गरिन्छ ।
    एडिबीले सो उपाधिहरु जुलाई १, २०२० देखि जुन ३०, २०२१ को अवधिभर गरिएको विभिन्न सहकार्यको आधरमा प्रदान गर्ने गरेको छ र सोही अवधिमा लक्ष्मी बैंकले विभिन्न साना, मझ्यौला तथा ठूला संस्थाहरुसँग कारोबार गरी सबैभन्दा सक्रिय साझेदार बैंकको रूपमा देखिएको छ ।
    एडिबीको ‘लिडिङ्ग पार्टनर बैंक’ उपाधिले लक्ष्मी बैंकको व्यापार तथा वित्त, परिचलन क्षमता, वित्तीय स्वास्थ र जोखिम व्यवस्थापानको सुदृढीकरण गर्ने प्रयासहरुलाई अझ सार्थक बनाएको बैंकले जनाएको छ ।
    हालको कोभिड–१९ को स्थितिका कारण, भर्चुअलु गरिएको पुरस्कार समरोहमा सो उपाधि लक्ष्मी बैंकलाई प्रदान गरिएको थियो । सो कार्यक्रममा २०० भन्दा बढी साझेदार बैंकहरु उपस्थित थिए जसमा २५ बैंकहरुलाई २० वटा श्रेणीमा विभिन्न उपाधिहरुबाट सम्मान गरिएको थियो ।

    प्रतिकृया दिनुहोस्