News Portal

  • सानिमा बैंकको कञ्चनबारीमा नयाँ शाखा विस्तार

    आर्थीकसंसार संवाददाता१२ असोज, २०७८
    १४०३ पटक
    १२ असोज, २०७८

    काठमाडौं । सानिमा बैंकले विराटनगरको कञ्चनबारीमा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । उक्त नयाँ शाखाको उद्घाटन बैंकका ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी)ले संयुक्त रूपमा गरे ।
    कार्यक्रममा मह जोडीले कञ्चनबारीमा बैंकको शाखा विस्तारपछि यस क्षेत्रका नागरिकलाई बैंकिङ कारोबार सहज हुने बताए । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले ग्राहकलाई सहज बैंकिङ सेवा पुर्याउन कञ्चनबारीमा शाखा विस्तार गरिएको जानकारी दिए ।
    हालसम्म बैंकले हाल १०६ शाखा, ९६ एटीएममार्फत बैंकिङ सेवा दिँदै आएको छ ।

    प्रतिकृया दिनुहोस्