News Portal

  • एनआईसी एशियामा वर्ल्ड रेमिटबाट पैसा पठाउँदा बोनस पाइने

    आर्थीकसंसार संवाददाता११ असोज, २०७८
    १०९६ पटक
    ११ असोज, २०७८

    काठमाडौं । एनआईसी एशिया बैंकले दशैंको अवसरमा अन्तर्राष्ट्रिय डिजिटल रेमिट्यान्स कम्पनी वर्ल्ड रेमिटसँग मिलेर बोनस अफर ल्याएको छ ।
    यस अफरअन्तर्गत ग्राहकहरुले वर्ल्ड रेमिटमार्फत एनआईसी एशिया बैंकको खातामा रकम पठाउँदा ४०० बोनस रकम बोनस पाउने छन् ।
    असोज ११ देखि कात्तिक १० गतेसम्म लागू हुने यो अफर योजना अवधिभर पहिलोपटक गरिएको कारोबारमा मात्र लागू हुनेछ ।
    कोभिड–१९ को जोखिम कायम रहेकै बेला यस बैंकले वर्ल्ड रेमिटको वेबसाइट तथा एपमार्फत विदेशमा रहेका नेपाली नागरिकहरूले यथास्थानबाटै स्वदेशमा रहेका आफ्ना परिवार तथा आफन्तजनलाई जुनसुकै बेला रकम पठाउन सक्नेछन् ।
    बेलायत, अष्ट्रेलियालगायतका देशहरूमा रहेका नेपालीहरूले वर्ल्ड रेमिटको एप तथा वेबसाइटबाट यस बैंकका खातामा सहजै रकम पठाउन सक्नेछन् ।

    प्रतिकृया दिनुहोस्