News Portal

  • प्राइम लाइफले १५ प्रतिशत बोनस सेयर दिने

    आर्थीकसंसार संवाददाता
    १४२३ पटक

    काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ । इन्स्योरेन्सले आर्थिक वष २०७६/७७ को सञ्चित नाफाबाट चुक्ता पुँजीको १५ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।
    उक्त प्रस्ताव असोज ८ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो । साथै, बैठकले बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि एक करोड ९० लाख ८२ हजार २९ रुपैयाँ बराबरको नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
    सो प्रस्तावलाई बीमा समितिले स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।
    हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ४१ करोड रुपैयाँ रहेको छ । १५ प्रतिशत बोनस सेयरपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ७७ करोड रुपैयाँ पुग्ने छ ।

    प्रतिकृया दिनुहोस्